वैशाख ३०, २०८२ मंगलबार | ०८:५४:३८
आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान

‘शर्माका बाँकी इच्छा म पूरा गर्छु’

काठमाडौं । नेपाल भलिबल संघको बुधबार हुने केन्द्रिय निर्वाचनको अन्तिम समयमा आएर वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार शक्ति प्रदर्शनसहितको पत्रकार सम्मेलन गरेर १४ एजेन्डासहित चन्दले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरे । वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माका बाँकी रहेका इच्छा पूरा गर्ने प्रण गरेका चन्दले भलिबलको आफ्नै कभर्डहल बनाउने प्रमुख लक्ष्य बनाएका छन् ।

महासचिव पदमा करिब एक दशक बिताएका चन्दले आफू निर्वाचित भए विद्यालयस्तरबाटै प्रतियोगिता गरेर जुनियर र सिनियर राष्ट्रिय टिम तयार पार्ने तथा बिच भलिबल टिम तयार गरेर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने बताए ।

‘नेपालको राष्ट्रिय खेल भलिबल सातै प्रदेश ७७ जिल्लामै लोकप्रिय खेल हो । भलिबलको आफ्नै कभर्डहल यही कार्यकालमा बनाउने छौं,’ उनले भने, ‘हामीले सातै प्रदेशमा बनाउँछौं भन्दैनौं तर, सातै प्रदेशका सदस्य–सचिवसँग छलफल गर्छाै । हाम्रो टिमलाई १२ महिना नै प्रशिक्षणमा व्यस्त राख्ने लक्ष्य छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग पहल गरेर कभर्डहल बनाउने चै अठोट नै गरेका छौं ।’

२०६८ चैत ३० गते कञ्चनपुर जिल्ला भलिबल संघको प्रतिनिधि भएर संघमा आएका चन्द पाँचौं साधारण सभाबाट महासचिव पदमा निर्वाचित भएका थिए ।

महासचिव पदमा करिब एक दशक बिताएका चन्दले आफू निर्वाचित भए विद्यालयस्तरबाटै प्रतियोगिता गरेर जुनियर र सिनियर राष्ट्रिय टिम तयार पार्ने तथा बिच भलिबल टिम तयार गरेर अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने बताए ।

आफ्नो टिमले आगामी निर्वाचन जितिसकेपछि चार वर्षे कार्यकालका लागि जारी गरेको १४ वटा एजेन्डा जुनसुकै परिस्थितिमा पनि पूरा गर्ने चन्दको प्रतिबद्धता छ । वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको कार्यकालमा भएका कामहरुलाई अझ राम्रो गर्ने र अधुरा कामलाई पूरा गर्ने पनि चन्दको योजना छ ।

विभिन्न कमिसन बनाएर सम्पूर्ण प्रतिबद्धतालाई पूरा गर्ने अठोट गरेका चन्दले संघको कार्यालयमा बसेर वा सक्रिय भएर काम गरिरहेको मानिस अबको नेतृत्वमा आउनु पर्ने बताउँछन् ।

‘यो कार्यकालमा धेरै कामहरु भएको छ । त्यसलाई अझ व्यवस्थित गर्ने । प्रतियोगिता भइसकेपछि त्यसको आर्थिक बजेट सार्वजनिक हुँदैन भनेर गुनासो आएको छ । हाम्रो कार्यकालमा प्रतियोगिता आयोजना गरेको दुई हप्ताभित्रमा सार्वजनिक गर्छाैं । त्यसले संघलाई व्यवस्थित गर्छ र संघको कामलाई पारदर्शिता पनि हुन्छ । अन्तर्राष्ट्रिय दाताहरुले हामीलाई विश्वास गर्छन् । र, त्यो विश्वास कभर्डहल बनाउन रुपान्तरण हुने भएकाले त्यो कामलाई हामी गर्छाैं,’ चन्दले भने, ‘घरेलु प्रतियोगितालाई व्यवस्थित गर्ने, खेलाडीलाई संरक्षण गर्ने, क्लब लिग, च्याम्पियनसिपलाई व्यवस्थित गर्ने र राष्ट्रिय प्रतियोगिता निरन्तर गर्नेछौ ।’

रेफ्री, प्रशिक्षक, खेलाडी, बिच भलिबल, विद्यालय भलिबल कमिसनलाई व्यवस्थित गर्ने उनको योजना छ । त्यसका लागि संघ आफैँले गर्नुभन्दा कमिसनलाई कामको बाँढफाँड गरेर व्यवस्थित गर्ने योजना सुनाए ।

विभिन्न कमिसन बनाएर सम्पूर्ण प्रतिबद्धतालाई पूरा गर्ने अठोट गरेका चन्दले संघको कार्यालयमा बसेर वा सक्रिय भएर काम गरिरहेको मानिस अबको नेतृत्वमा आउनु पर्ने बताउँछन् ।

कम्तिमा ६ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने र विदेशमा आयोजना हुने प्रतियोगितालाई वार्षिक क्यालेन्डर हेरेर सहभागी गराउने लक्ष्य लिएको चन्द प्यानलले खेलाडी पलायनमा पूर्ण रुपमा रोक लगाउन सक्ने दाबी गरेको छ ।

‘घरेलु प्रतियोगिता मात्र खेलेको खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउँदा पलायन हुन्छन् । जब अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भइरहन्छ, खेलाडी पलायन रोकिन्छ,’ उनले भने, ‘पछिल्लो अवस्थामा हेर्ने हो भने भलिबलमा पलायन हुने क्रम रोकिएको छ । तर, यसलाई अझ रोक्न आन्तरिक र बाह्य प्रतियोगितालाई व्यवस्थित गरेर खेलाडीलाई व्यस्त राख्ने हाम्रो योजना छ ।’

यस्तै उनले ७७ जिल्ला तथा संघबाट समर्थन रहेकाले आफू विजयी हुनेमा उनी विश्वस्त छन् ।

‘मेरो छुट्टै खालको ‘नेचर’ छ । कसैलाई मैले काम सुम्पिएँ भने त्यसको लागि गर्न सक्छ कि सक्दैन भनेर चेक गर्छु । त्यसपछि मात्र दिन्छु । आफैँ फिल्डमा गएर हेर्छु । मैले दिएको काम सम्बन्धित व्यक्तिबाट भएन भने आफैँ गर्छु त्यसैले एक्लै गर्छ भनिएको हुन सक्छ,’

‘मेरो चुनाव जित्ने आधार भनेको टिम स्टे«न्थ हो । सबैबाट सल्लाह र सुझाव लिएको छु । मलाई ७७ वटै जिल्ला र कार्यसमितिको साथ छ,’ चन्द भन्छन्, ‘सबैको सुझावमा नै मैले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको हुँ । यसमा म ढुक्क छु । मेरो जित सुनिश्चित छ ।’

संघमा एक दशक बिताएका चन्द एक्लै काम गर्ने र धेरै नबोल्ने व्यक्ति भनेर परिचित छन् । तर, उनललाइृ यो कुराले केही फरक नपर्ने उनी बताउँछन् ।

‘मेरो छुट्टै खालको ‘नेचर’ छ । कसैलाई मैले काम सुम्पिएँ भने त्यसको लागि गर्न सक्छ कि सक्दैन भनेर चेक गर्छु । त्यसपछि मात्र दिन्छु । आफैँ फिल्डमा गएर हेर्छु । मैले दिएको काम सम्बन्धित व्यक्तिबाट भएन भने आफैँ गर्छु त्यसैले एक्लै गर्छ भनिएको हुन सक्छ,’ उनले भने, ‘मैले दानबहादुर तामाङको नेतृत्वमा पनि काम गरेर आएको छु । म एक्लैले काम गर्दै हिँडेको भए आज सबै साथीहरु यहाँ उपस्थित हुनु हुँदैनथ्यो होला ।’

यसैगरी उनले भने, ‘मैले जारी गरेको प्रत्येक एजेन्डा लागू भएका छन् । कभर्डहल बनाउनको लागि पनि कामको थालनी गरेका थियौँ । तर, र्दुभाग्यवश कोभिड १९ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नेतृत्व परिवर्तन भइरहने भएकाले त्यसमा समय गयो । जग्गाको कुरामा पनि समस्या आयो । त्यसैले टेक्निकल रुपमा हुन सकेन । हामीले धेरै कामहरु गरेका छौ र सफल पारेका छौं । तर, त्यसलाई पनि अझ राम्रो बनाउन र अधुरा कामहरु मेरो नेतृत्वमा पूरा गर्छु भन्ने मेरो प्रतिबद्धता हो ।’

सोही कार्यक्रममा चन्दको प्यानलबाटै सदस्य रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारीको घोषणा गरे । आगामी बुधबार हुने संघको निर्वाचनका लागि महासचिवमा मनवीर छन्त्याल र निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरिसकेकी छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP