भाद्र २, २०८२ मंगलबार | ००:१५:५७
विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित विज्ञापन बोर्डले गरायो क्यानलाई सचेत नखिपोट खुला फुटसल असोज पहिलो साता ललितपुरको गुडविल एम्बासडरमा आयशा शाक्यकै निरन्तरता ग्लोबल हुप फेस्टः टाइम्स विजयी एनआरटीको विजयी सुरुआत स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः एभिएम र स्ट्याग अगाडि एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित

डिएभी स्कुल च्याम्पियन

काठमाडौं । डिएभी सुशील केडिया विश्व भारती स्कुल ‘ए’ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदान (तल्लो) मा सम्पन्न फाइनलमा डिएभीले गेटवे एकेडेमीविरुद्ध सात विकेटको सहज जित दर्ता गर्यो ।

गेटवेले प्रस्तुत गरेको ७३ रनको लक्ष्य डिएभीले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । डिएभीका लागि कप्तान प्रसिद्ध जैसीले अविजित ३५ र मायंककुमार साहले १६ रन बनाए ।

गेटवेका लागि उज्वल गुप्ताले दुई र साइमन पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गेटवेले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो ।

गेटवेका लागि मुर्शिद इक्बालले १५ र कप्तान सबिर अन्सारीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

डिएभीका लागि कमल शाहीले चार, कप्तान प्रसिद्ध जैसीले तीन र केशव अग्रवालले दुई विकेट लिए ।

डिएभीले साबिक विजेता सैनिक आवसीय महाविद्यालयलाई ६ विकेट तथा गेटवेले मोक्क्षदा स्कुललाई १३१ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

च्याम्पियन डिएभीले १ लाख ५० हजार तथा उपविजेता गेटवेले ७५ हजार रुपैयाँ प्राप्त गरे । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video