माघ ८, २०८२ बिहीबार | १३:३६:५५
नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार

ग्लोबल हुप फेस्टः अन्तरकलेज बास्केटबलमा ११ टोली

सांकेतिक तस्विर ।

काठमाडौं । ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ११ टाेलीको सहभागिता रहने आयोजक अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक मनिषमान श्रेष्ठले जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा ग्रिनफिल्ड नेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज, मल्पी इन्स्टिच्युट, गोल्डेनगेट इन्टरनेसनल कलेज ‘ए’ र कान्जिरोवा तथा ‘बी’ मा टाइम्स इन्टरनेसनल कलेज, प्रिमियर कलेज, बर्नहार्ट, पुष्पसदन, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र गोल्डेनगेट ‘बी’ छन् । 

प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने अबाइडका प्रमुख कार्यकारी अधिकृत आशिषमान श्रेष्ठले जानकारी दिए । रोयल स्पोर्टस सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा हुने प्रतियोगिताका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।

आठ दिने प्रतियोगिताका खेलहरू सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा खेलाइने छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate