नवाैं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः क्रिकेटको तालिका सार्वजनिक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत असोज २३ गतेदेखि सुरु हुने क्रिकेटको तालिका सार्वजनिक भएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलहरु पोखरामा हुने भए पनि क्रिकेट भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा असोज २३ गतेदेखि ३१ गतेसम्म हुने छ ।

क्रिकेटका लागि सबै तयारी अन्तिम चरणमा पुगेको नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसार समितिका सचिव खुशराज दाहालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी ११ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । यस्तै, समूह ‘बी’ मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब छन् ।

खेलकुदको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा एनआरएन र सुदूरपश्चिम प्रदेश भिड्दा मुलपानीमा मधेश र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।