रित गौतम

रितले न्यूजिल्यान्डको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली यु १९ राष्ट्रिय क्रिकेट टिमका युवा ब्याटर रित गौतमले न्यूजिल्यान्डको ‘बाइवाइड प्रिमियर मेन्स कम्पिटिसन’ खेल्ने भएका छन् ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत न्यूजिल्यान्डमा क्रिकेट खेल्ने पुष्टि गरेको हो । प्रतियोगिताका लागि रितलाई गेस्टार सिटी सिसीले अनुबन्ध गरेको हो ।

यु १९ उमेर समूहमा राष्ट्रिय टिमबाट दुई सतक बनाउने कीर्तिमान बनाएका रित पछिल्लो समय भने क्रिकेट गतिविधिमा देखिएका थिएनन् ।