भारत-पाकिस्तान क्रिकेट

३ महिनाअघि नै बिके भारत-पाकिस्तानबीचको खेलका टिकट

काठमाडौं । ट्वान्टी २० विश्वकपमा हुने भारत र पाकिस्तानबीचको खेलका सबै टिकट तीन महिनाअघि नै बिक्री भएका छन् । यी दुई टिमबीचको खेलका लागि सामान्यतर्फका सबै टिकट बिक्री भएका हुन् । भिआइपीतर्फका टिकट अझै भने बाँकी छ ।

यो जानकारी टुरिज्म अस्ट्रेलिया र अन्य धेरै ट्राभल एजेन्सीहरुले सार्वजनिक गरेका हुन् ।

यसै वर्षको अक्टोबर १६ देखि अस्ट्रेलियामा ट्वान्टी २० विश्वकप हुने तय भएको छ । र, यसमा भारत र पाकिस्तानले प्रतियोगिता आफ्नो पहिलो खेल नै एकअर्काविरुद्ध खेल्ने तालिका छ ।

यी दुई टिमबीचको महाभिडन्त अक्टोबर २३ मा मेलबर्न क्रिकेट मैदान (एमसिजी) मा हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भारत–पाकिस्तान खेलका लागि अस्ट्रेलिया बाहिरबाट ४५ देखि ५० हजार दर्शक आउनेछन् ।