आइपिएल

आइपिएल फाइनलः उपाधिका लागि गुजरातसामू १३१ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्ससामू उपाधिका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङमा आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३० रनको योगफल तयार गर्यो ।

राजस्थानका ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाए । ३५ बलको सामना गरेका बटलरले पाँच चौका प्रहार गरे । यसबाहेक, राजस्थानको खातामा यसवी जैसवालले २२, कप्तान सन्जु सामसनले १४ रनसँगै सिमरन हेटमायरले र ट्रेन्ट बोल्डले समान ११ रन बनाए ।

खेलको कुनै पनि समय गतिलो साझेदारी गर्न नसकेको राजस्थानले खातामा ३१ रन जोड्दा यसस्वीलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । ६० रन छँदा कप्तान सन्जुलाई गुमाएको राजस्थानले ७९ रनमै देवदत्त पडिकल र जस बटलरलाई गुमाएको थियो ।

यस्तै, ९४ रनमा हेटमायरलाई गुमाएको राजस्थानले ९८ रनमा रविचन्द्रन आश्विनलाई, एक सय १२ रनमा टे«ेन्ट बोल्टलाई र एक सय ३० रनमै ओबेड म्याकोइ र रियान परागलाई गुमाएको थियो ।

राजस्थानसामू कसिलो बलिङ गरेको गुजरातका कप्तान हार्दिक पन्ड्याले तीन विकेट लिए । आइपिएल करियरमै सबैभन्दा किफायती बलिङ गरेका पन्ड्याले चार ओभरमा १७ रन खर्चिएका थिए ।

यसबाहेक, गुजरातका रविश्रीनिवासन साइ किशोरले दुई विकेट लिँदा यस दयाल र रासिद खानले समान एक विकेट लिए ।