आइपिएल

हैदराबादसामू बैंगलोरको १९३ रनको लक्ष्य

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराजर्स हैदराबादसामू एक सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वान्खडे रंगशालामा टस जितेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गर्यो ।

बैंगलोरका ब्याटिङ फेरी एक पटक पूर्व कप्तान विराट कोहली असफल भए । कोहली ‘रोयल डक’ भए ।

कोहली इनिङको पहिलो बलमै पभेलियन फर्किए पनि कप्तान फाफ डु प्लेसिस र रजत पटिडरले टोलीको इनिङ सम्हालेका थिए । यी दुई ब्याटरले दोस्रो विकेटका लागि एक सय पाँच रनको साझेदारी गरेका थिए ।

पटिडर ४८ रनमा आउट हुँदा फाफ ७३ रनमा अविजित रहे । डुप्लेसिसले ५० बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यसबाहेक, बैंगलोरको खातामा ग्लेन म्याक्सवेलले ३३ र दीनेश कार्तिकले अविजित ३० रन थपे ।

अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका कार्तिकले आठ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

हैदराबादका जगदीस सुचिथले दुई विकेट लिँदा कार्तिक त्यागीले एक विकेट लिए ।

लिगमा ११ खेलबाट १२ अंक जोडेको बैंगलोर तालिकाको चौथो स्थानमा छ । यस्तै, १० खेलबाट १० अंक जोडेको हैदराबाद छैटौं स्थानमा छ ।