दीनेस कार्तिक

राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गर्ने दीनेश कार्तिकको चाहना

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंगलोरका ब्याटर दीनेश कार्तिकले भारतीय क्रिकेट टोलीमा पुनरागमन गर्न आफूले कडा मेहनत गरिरहको बताएका छन् ।

कार्तिकले २०२३ को विश्वकपसम्म भारतीय टोलीको प्रतिनिधित्व गर्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

कार्तिकले यस सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) का ६ खेलमा २१० को स्ट्राइक रेटमा एक सय ९७ रन बनाएका छन् । जसमध्ये दुई खेलमा कार्तिक ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।

‘मसँग एउटा ठुलो लक्ष्य छ । यसको लागि मैले निकै कडा मेहनत गरिरहेको छु । कुनैबेला मानिसहरु मेरो मेहनतमा विश्वास गर्दैनन्,’ कार्तिकले भने, ‘मेरो लक्ष्य राष्ट्रका लागि केही विशेष योगदान पुर्याउनु हो । मैले राष्ट्रिय टोलीमा पुनरागमनको लागि आवश्यक सबै गरिरहेको छु ।’