लाैटाराे मार्टिनेज

बार्सिलोनाको नजरमा मार्टिनेज

रोम । दुई वर्षअघि इन्टर मिलानका स्ट्राइकर लौटारो मार्टिनेज र बार्सिलोना सम्झौताको निकै नजिक थिए ।

बार्सिलोना र अर्जेन्टिनी स्ट्राइकरबीच अनौपचारिक सम्झौता समेत बनिसकेको थियो । तर, कोभिड १९ को महामारीले विश्व ठप्प भएपछि आर्थिक अवस्था नाजुक बनेसँगै मार्टिनेजलाई भित्र्याउने बार्सिलोनाको चाहना पूरा हुन सकेको थिएन ।

तर, अहिले फेरी बार्सिलोना मार्टिनेजलाई भित्र्याउने दौडमा फर्किएको केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले २४ वर्षिय फरवार्ड सिरी ‘ए’ क्लब इन्टर छोड्ने सम्भावनाका बीच बार्सिलोना र इन्टरले खेलाडी साटासाट हुनेसक्ने सार्वजनिक गरेका छन् ।

सार्वजनिक खवरहरुका अनुसार इन्टरले मार्टिनेजको स्थानमा बार्सिलोनाबाट मेम्फिस डिपे र मिरालेम पियानिचप्रति चासो देखाएको छ ।

मार्टिनेजले यस सिजन सिरी ‘ए’ का २८ खेलमा १५ गोल र तीन असिस्ट गरेका छन् । जसले मार्टिनेज बार्सिलोनाको लागि एर्लिङ हाल्यान्ड र रोवर्टो लेवान्डोवस्कीको विकल्प बन्नसक्ने देखिन्छ ।