आइपिएल

बुमराहको टिप्पणी ‘टिम खराव लयमा छ’

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार छैटौं खेलमा पराजय बेहोरेपछि मुम्बई इन्डियन्सका फास्ट बलर जसप्रित बुमराहले टोली खराव लयमा रहेको बताएका छन् ।

शनिबार मुम्बई छैटौं खेलमा लखनउ सुपर जायन्ट्सले १८ रनले हराएको थियो । लगातारको हारसँगै प्रतियोगिताको सर्वाधिक सफल टोली यसपटक भने लिग चरणबाटै बाहिरिने सम्भावना देखिएको छ ।

‘हामी एक लडाईमा छौं । लिगमा यो सिजन हाम्रो प्रदर्शन राम्रो हुन सकिरहेको छैन । लिग तालिकाले समेत हाम्रो प्रदर्शनलाई देखाइरहेको छ,’ बुमराहले भने, ‘प्रतियोगिताको बाँकी खेलहरुमा हामी आफ्नो उत्कृष्ट दिने प्रयास गर्नेछौं । तर, सबै कुरा सकिएको भने होइन । सुर्य भोली फेरी उदाउने छ ।’

आइपिएलमा ६ खेल्दा पनि अंकविहिन रहेको मुम्बई तालिकाको पुछारमा छ ।