नेपाली क्रिकेट

कमलसिंह ऐरी ६ हप्ता मैदान बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेश बलर कमलसिंह ऐरी करिब ६ हप्ता मैदानबाट बाहिरिने भएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङका दौरान कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । सोहीकारण मलेसियासँगको खेलबाट बाहिरिएका उनलाई तत्काल अस्पताल पुर्याइएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको थियो ।

क्यानले आइतबार विहान नेपाल नेशनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको हो । कमलसिंहको शल्यक्रिया डाक्टर निरज केसी र डाक्टर निरञ्जन सुवेदीको टिमले गरेका हुन् ।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो ।