राेमेलु लुकाकु

लुकाकुलाई चेल्सी छोड्न मार्टिनेजको सल्लाह

ब्रसेल्स । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले स्ट्राइकर रोमेलु लुकाकुलाई विश्वकप खेल्ने राष्ट्रिय टोलीमा आफ्नो स्थान सुरक्षित गर्नका लागि चेल्सी छोड्ने सल्लाह दिएका छन् ।

यसै सिजनको सुरुआतमा चेल्सी भित्रिएका लुकाकु त्यसयता स्टामफोर्ड ब्रिजमा स्वभाविक लयमा फर्किन सघर्षरत छन् ।

२८ वर्षीय लुकाकु पछिल्लो चार खेलयता मुख्य प्रशिक्षक थोमस टचेलको पहिलो रोजाईमा परेका छैनन् ।

यस सिजन लुकाकुले सबैखाले प्रतियोगितामा गरी चेल्सीबाट मात्र २० खेल खेलेका छन् । चेल्सीबाट स्वभाविक लय भेट्टाउन सघर्षरत लुकाकु राष्ट्रिय टोलीबाट पनि बाहिरिने खतरामा छन् ।

‘हामी रोमेलु लुकाकुजस्तो खेलाडीको बारेमा कुरा गरिरहेका छौं । जसले राष्ट्रिय टोलीबाट १०० क्याप जितेका छन् र टोलीलाई सम्पूर्ण रुपमा बुझेका छन्,’ उनले भने, ‘म कुनै खेलाडीको अवस्थाबारे मुल्यांकन गर्न चाहन्न । तर, धेरै खेलाडीहरुले क्लब परिवर्तनपछि फरक अनुभव पाइरहेका हुन्छन् । विश्वकपका लागि अझै सात महिना बाँकी छ । अहिले लुकाकु राम्रो अवस्थामा छन् र टिमप्रति प्रतिबद्ध छन् ।’