आइसिसी विश्व क्रिकेट लिग डिभिजन २

युएईलाई २१५ रनको लक्ष्य

मस्कट । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत सयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ओमानले दुई सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा मंगलबार टस हारेर ब्याटिङमा आएको ओमानले ४९.३ ओभरमा  सबै विकेट गुमाएर दुई सय १४ रनको योगफल खडा गर्यो ।

ओमानका ओपनर कश्यप प्रजापतीले अर्धशतकीय इनिङ खेले । प्रजापतीले ८९ बलमा तीन चौका र एक छक्कासहित ५७ रन बनाए । यस्तै कप्तान जिसन मक्सुदले ३६, नसिम खुसीले ३३ र खवर अलीले २४ रन जोडे ।

युएईका जहुर खानले र कसिफ दाउदले समान तीन विकेट लिए । यस्तै बसिल हमेदले दुई विकेट लिँदा रोहन मुस्ताफा र अहमेद राजाको नाममा एक/एक विकेट रह्यो ।

तीन एकदिवसीय खेलको शृंखला युएईले २-० ले जितिसकेको छ । युएईले पहिलो र दोस्रो दुबै खेलमा ओमानलाई चार विकेटले पराजित गरेको थियो ।