प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप फाइनल: पुलिसले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबार हुने फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने खेलमा दुई विभागीय प्रतिद्वन्द्वी भिड्दै छन् । पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा आइपुगेको हो । समूह 'ए' को विजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाएको पुलिसले बागमतीमाथि ५० रनको शानदार जित निकालेको थियो ।

यस्तै, सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ४७ रनको जित निकाल्दै फाइनल यात्रा तय गरेको एपिएफ समूह बीको विजेताको बन्दै अन्तिम चारमा आइपुगेको थियो ।

बुधबार हुने प्रतियोगिताको फाइनलअघि पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।