अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन: ओपेल्का पहिलो पटक तेस्रो चरणमा

मेलबर्न । विश्व वरियताको २९औं स्थानका रायेली ओपेल्का पहिलो पटक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् । बुधबार बिहान मेलबर्न पार्कमा भएको दोस्रो चरणको खेलमा जर्मनीका डोमिनिक कोफरलाई ६–४ ६–३ ७–६ (७–४) को नतिजामा पराजित गर्दै २४ वर्षे अमेरिकी खेलाडी ओपेल्का तेस्रो चरणमा पुगेका हुन् ।

गत वर्ष दोस्रो चरणबाटै बाहिरिएका ओपेल्काले यसपाली चौथो चरण प्रवेशका लागि दक्षिण कोरियाका सुन्वो क्वोन र क्यानडाका डेनिस सापोवालोभको विजेतासँग खेल्ने छन् ।

पहिलो चरणमा स्पेनिस खेलाडी कार्लोस टाबेर्नरलाई ६–१ ३–६ ६–४ ६–१ को नतिजामा पराजित गर्दै ओपेल्का दोस्रो चरणमा आइपुगेका थिए ।