प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: पुलिसको रोमाञ्चक जित

काठमाडौं । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । 

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९३ रनको योगफल तयार गरेको थियो ।

९४ रनको लक्ष्यसहित दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७ र नारायण जोशीले २२ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पुलिसका लागि आरिफ शेखले सर्वाधिक ४ तथा करण केसी, दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा पुलिसका लागि कुशल भुर्तेलले २१ तथा पवन सर्राफले २० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमका लागि नारायण र आदित्य महताले ३/३ तथा शेर मल्लले २ विकेट लिएका थिए ।