प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पुलिसलाई ब्याटिङको निम्तो

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय ट्वान्टी २० क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध सुदुरपश्चिम प्रदेशले टस जितेर फिल्डिङ रोजेको छ ।

पुलिसले कप्तानको जिम्मेवारी मन्जित श्रेष्ठ र सुदुरपश्चिमले प्रदेशले सन्तोष भट्टलाई सुम्पिएको छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन् ।