प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदुपश्चिमलाई पुलिसको न्युन लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सोमबार  जारी खेलमा नेपाल पुलिस क्लबले सुदुपश्चिम प्रदेशसामु ९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट रंगशालामा टस हारेपछि ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रनको योगफल तयार गर्यो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाए । त्यस्तै पवन सर्राफले २० र आरिफ शेखले १० बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदुरपश्चिमका नारायण जोसी र आदित्य महतोले समान तीन विकेट लिए । त्यस्तै शेर मल्लले दुई विकेट हात पारे ।