प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

टस जितेर कर्णाली फिल्डिङमा

काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्टिय ट्वान्टी २० क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेको छ ।

त्रिभुवन आर्मी राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर विनोद भण्डारीको कप्तानीमा मैदान उत्रदा कर्णाली प्रदेशले कप्तानको जिम्मेवारी रविन्द्र साहीलाई सुम्पिएको छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन् ।

यसअघि प्रतियोगिता एकदिवसीय संरचनामा सञ्चालन हुने भए पनि यसपटक आइसिसी विश्वकपको ग्लोबल क्वालिफायर्सलाई मध्यनजर गर्दै क्यानले प्रतियोगिताको संरचना परिवर्तन गरेको हो ।