इटालियन सिरी ए

इन्टर शीर्ष स्थानमा

मिलान । आलेसान्द्रो बास्टोनीले एक गोल गर्नुका साथै अर्को एक गोलका लागि मिलान स्किनियारलाई पास उपलब्ध गराएपछि इन्टर मिलान आइतबार जालियोमाथि २-१ को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार चाँडो गरि सम्पन्न खेलमा भेन्जियालाई ३-० ले पराजित गर्दै एसी मिलान सिरी ‘ए’ को शीर्ष स्थानका उक्लिएको थियो । २० खेलमा ४९ अंक जोडेको इन्टर शीर्ष स्थानमा फर्किएको हो । जुन दोस्रो स्थानको एसी मिलान भन्दा मात्र एक अंक बढी हो । एसी मिलानले इन्टर भन्दा एक खेल बढी खेलेको छ ।

१७औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा लाजियोले अग्रता लिएको थियो तर भिडियो सहायक रेफ्री भिएआरले सो गोललाई मान्यता दिएन ।

३०औं मिनेटमा बास्टोनीले इन्टरलाई खेलमा अघि बढाएका थिए । बास्टोनीले सन् २०२० को जुन पछि इन्टरका लागि गरेको यो पहिलो गोल हो । तर त्यसको पाँच मिनेटपछि नै सिरो इमोबाइलको गोलमा लाजियो खेलमा फर्किएको थियो । जारी सिजन उनको यो १८ औं गोल हो ।

६७औं मिनेटमा स्किनियारले बास्टोनीको पासलाई जाली चुमाउँदै इन्टरलाई खेलमा अघि बढाएका थिए ।