नेपाली क्रिकेट

दसानायके नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके मंगलबार नेपाल आइपुगेका छन् ।

भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् ।

यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो । नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए ।