एसिसी यु १९ एसिया कप

कुवेतविरुद्ध नेपालको १०० रन पूरा

काठमाडौं । एक खेल अगावै यु १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध १०० रन पूरा गरेको छ ।

युएईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले २०.१ ओभरमा ३ विकेट गुमाएर १ सय रन पूरा गरेको हो । २३ ओभरको खेल सकिँदा नेपाल ३ विकेटको क्षतिमा ११४ रन बनाएर खेलिरहेको छ ।

नेपालका लागि विवेक मगर ४६ तथा बासिर अहमद ३८ रन बनाएर खेलिरहेका छन् । यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भएको नेपालको समूह चरणमा यो अन्तिम खेल हो । नेपाल रहेको समूह बीबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । नेपालसँगै कुवेत पनि एक खेल अगावै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।