आइसिसी ट्वान्टी २० वरियता

आइसिसी ट्वान्टी २० वरियतामा नेपाल एक स्थान तल

काठमाडौं । नेपाल आइसिसी ट्वान्टी २० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७औं स्थानमा पुगेको हो।

नेपाललाई उछिन्दै युएई १६औं स्थानमा उक्लिाएको छ । नेपालले १७३ रेटिङ प्वाइट प्राप्त गरेको छ ।

भारत, इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः पहिलो देखि १०औं स्थानमा कायम छन् ।