सहिद स्मारक ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए खालीबारी र समाज कल्याण

समाज कल्याण

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार खालीबारी युवा फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र १-१ को बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा खालीबारीका लागि रोनल राई र समाज कल्याणका लागि निरज परियारले गोल गरे ।

यो निजासँगै खालीबारीले तीन खेलमा दुई अंक जोडेको छ । सामज कल्याणको समान खेलबाट पाँच अंक छ ।

खालीबारी

खेलको २२औं मिनेटमा रोनलको गोलमार्फत खालीबारीले अग्रता लिएको थियो । ६३औं मिनेटमा निरजले खेललाई १-१ को बारबरीमा ल्याए ।

यसअघि आरसी ३२ फुटबल एकेडेमीसँग १-० ले पराजित खालीबारी महावी स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

यसैगरी मनोहरा युनाइटेड युवा क्लबलाई ५-० ले पराजित गरेको समाज कल्याण रानीवन स्पोर्टस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो