चैत्र १४, २०८२ शनिबार | ००:५५:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल अपराजित रहँदै सेमिफाइनलमा

तस्विर: क्यान

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा बुधबार नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

जितसँगै चार खेलमा आठ अंक जोडेको नेपाल अविजत रहँदै सेमिफाइनल पुग्यो । पराजित साउदी भने प्रतियोगितबाट बाहिरिएको छ ।

साउदी अरेबियाले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि गुल्सन झाले अविजित ३२, दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहितकुमार पौडेलले अविजित १७ रन बनाए ।

साउदीका लागि इस्तिक अहमदले दुई तथा उस्मान नजिब र वाजी अल हसनले समान एक विकेट लिए ।

तस्विर: क्यान

टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित आठ ओभरमा आठ विकेट गुमाउँदै ७३ रनको  योगफल तयार पार्यो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई आठ ओभरमा झारिएको हो ।

साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि  अविनाश बोहरा र करण केसीले समान दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले समान एक विकेट लिए ।

नेपालले यसअघि मलेसियालाई पाँच विकेट, कतारलाई ३२ र हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । यसैगरी पछिल्लो खेलमा भने साउदी कतारसँग १५ रनले निरास भएको थियो ।


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो