माघ १४, २०८२ बुधबार | १६:२७:४१
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

नेपाल अपराजित रहँदै सेमिफाइनलमा

तस्विर: क्यान

काठमाडौं । एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित निकालेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा बुधबार नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गर्यो ।

जितसँगै चार खेलमा आठ अंक जोडेको नेपाल अविजत रहँदै सेमिफाइनल पुग्यो । पराजित साउदी भने प्रतियोगितबाट बाहिरिएको छ ।

साउदी अरेबियाले प्रस्तुत गरेको ७४ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि गुल्सन झाले अविजित ३२, दीपेन्द्रसिंह ऐरीले १७ र कप्तान रोहितकुमार पौडेलले अविजित १७ रन बनाए ।

साउदीका लागि इस्तिक अहमदले दुई तथा उस्मान नजिब र वाजी अल हसनले समान एक विकेट लिए ।

तस्विर: क्यान

टस हारेर ब्याटिङको निम्तो पाएको साउदीले निर्धारित आठ ओभरमा आठ विकेट गुमाउँदै ७३ रनको  योगफल तयार पार्यो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई आठ ओभरमा झारिएको हो ।

साउदीका लागि अब्दुल वाहिदले ३७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि  अविनाश बोहरा र करण केसीले समान दुई तथा प्रतिश जिसी र ललितनाराण राजवंशीले समान एक विकेट लिए ।

नेपालले यसअघि मलेसियालाई पाँच विकेट, कतारलाई ३२ र हङकङलाई आठ विकेटले पराजित गरेको थियो । यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । यसैगरी पछिल्लो खेलमा भने साउदी कतारसँग १५ रनले निरास भएको थियो ।


 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate