इन्डियन प्रिमियर लिग

दिल्लीका कप्तान पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तमाथि लगातार दोस्रो खेलमा जरिवाना लागेको छ । कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका करण पन्तलाई २४ लाख भारतीय रुपियाँ (भारु) जरिवाना गरिएको हो ।

यसअघि चेन्नई सुपर किंग्सविरुद्धको पछिल्लो खेलमा पनि पन्तलाई १२ लाख भारु जरिवाना लगाइएको थियो । यसैगरी दिल्लीको ‘इम्प्याक्ट प्लेयर’सहित सुरुआती ११ मा रहेका खेलाडीलाई समेत ‘म्याच फि’को २५ प्रतिशत जरिवाना लगाइएको छ ।

बुधबार विशाखापट्टनममा भएको खेलमा दिल्लीले १०६ रनको फारकिलो हार ब्यहोरेको थियो ।