अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

श्रीलंकालाई दक्षिण अफ्रिकाविरुद्धको शृंखला

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध महिला अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला श्रीलंकाले आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम खेलमा श्रींका चार विकेटले विजयी भयो ।

जितसँगै श्रीलंकाले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि दक्षिण अफ्रिका ७९ रन तथा श्रीलंका सात विकेटले विजयी भएका थिए ।

बफेलो पार्क क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १५६ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकका लागि कप्तान चमिरा अथापथुलेले ४६ बलमा सात चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरिन् ।  यसैगरी हर्षिता समराविक्रमाले ४३ बलमा चार चौकार एक छक्काको मद्दतले अविजित ५४, निलाक्षिका सिल्भाले १२ र हसिनी परेराले १० रन बनाए । 

दोस्रो विकेटका लागि अथापथु र समराविक्रमाले ९७ रनको साझेदारी गरे । दक्षिण अफ्रिकाका लागि नादिनी डी क्लार्कले दुई तथा म्यारिजेन केप, तुमी सेखुखुन, एलिज मार्क र ननकुकुलेको मलाबाले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङकने निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पार्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान लोरा उल्भर्ड्टले ४७ बलमा आठ चौकाको मद्दले सर्वाधिक ५६ रनको योगदान गरिन् । यसैगरी नादिनी डी क्लार्कले ४४ र एनेक बोशले २७ रन बनाए । 

पाँचौं विकेटका लागि उल्भर्ड्ट र डी क्लार्कले ५४ रनको साझेदारी गरे । श्रीलंकाका लागि सुगन्धिका कुमारीले तीन तथा इनोशी प्रियदर्शनी, उदेशिका प्रवोधनीर कप्तान चमिरा अथापथुले समान एक विकेट लिए ।