इन्डियन प्रिमियर लिग

दिल्ली र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार दिल्ली क्यापिटल्स र कोलकाता नाइटराइडर्स प्रतिस्पर्धा गर्दैछन् । खेल विसाखापटनममा नेपाली समयअनुसार राति ७ः ४५ बजेदेखि सुरु हुनेछ ।

यस सिजनमा सुरुआती दुवै खेल जितेको कोलकाता चार अंकका साथ दोस्रो स्थानमा छ । कोलकाताले यसअघि सनराइजर्स हैदराबादलाई चार रनले र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरलाई सात विकेटले हराएको थियो ।

श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता रिंकु सिंह, फिल साल्ट, हर्षित राना, आन्द्रे रसेल जस्ता खेलाडीका साथ मैदानमा उत्रिनेछ ।  

दिल्ली तीन खेलमा एक जित र दुई हारसहित दुई अंक जोडेर सातौं स्थानमा छ ।  यसअघि पन्जाब किंगसँग चार विकेट र राजस्थान रोयल्ससँग १२ रनले पराजित दिल्लीले चेन्नई सुपर किंगलाई २० रनले विजयी भएको थियो ।

दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा रहेको दिल्लीलाई कुलदीप यादव, खलिल अहमद, डेविड वार्नर, मिचेल मार्श जस्ता खेलाडीको साथ रहनेछ ।

आइपिएलमा हालसम्म यी दुई टोलीबिच ३२ खेल भएको छ । जसमा कोलकाताले १६ र दिल्लीले १५ जित हात पारेका छन् । एक खेल नतिजाविहिन बनेको छ ।

कोलकाताले पछिल्लो पटक सन् २०२१ मा दिल्लीलाई हराएको थियो । त्यसयता खेलिएको तीनवटै खेलमा दिल्ली विजयी भएको छ ।