माघ १५, २०८२ बिहीबार | ०६:५४:५५
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

सिन्धुपाल्चोक जिल्ला छनोटमा ११ टोली

लामोसाँघु। सिन्धुपाल्चोक जिल्ला छनोट फुटबल प्रतियोगितामा ११ वटा क्लबले सहभागिता जनाउने भएका छन्। आयोजक सिन्धुपाल्चोक फुटबल संघले मंगलबार छनोट प्रतियोगितामा सहभागी हुने क्लबहरूको नाम सार्वजनिक गरेको हो।

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार छनोट प्रतियोगिता चैत्र २६ गतेदेखि सुरु हुनेछ। नकआउटका आधारमा हुने प्रतियोगितामा मितेरी युवा क्लब (तातोपानी), सुनखानी युवा क्लब (भोटेकोशी), गाती युवा क्लब (गाती-६ बाह्रबिसे), शिखर युवा क्लब (लिसंखुपाखर, युथ स्पोर्टस क्लब (लामोसाँघु) र सुनकोशी स्पोर्टस क्लब (सुनकोशी-७) सहभागी हुने छन्।

यसैगरी सिन्धुपाल्चोक फुटबल क्लब, अँधेरी युवा क्लब, श्री नवप्रतिभा युवा क्लब (बलेफी-५), खुर्सानीबारी युवा क्लब (बाह्रबिसे-३) र लिसंखुपाखर युथ क्लब (ठुलो पाखर) ले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने जिल्ला लिगमा सहभागिता जनाउन पाउनेछन्।  प्रतियोगिताका सबै खेलहरू लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा हुने श्रेष्ठले बताए।

यस्तै, जिल्ला लिग आगामी बैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुने श्रेष्ठले जानकारी गराए। जिल्ला लिगम श्री कालिका, त्रिशक्ति युवा क्लब, श्री राइजिङ युवा क्लब, बाह्रदेवी युवा क्लब, धार्पा युवा क्लब, साँगाचोक युवा क्लब, न्यु सदाबहार युवा क्लब, प्याराडाइज युवा क्लब, न्यु जेनेरेसन युवा क्लब र लामोसाँघु युवा क्लब, रिपोर्टिङ क्लब, सुनौलो बिहानी युवा क्लब, योङ जेनेरेसन युवा क्लबले सहभागिता जनाउने छन्।

यस प्रतियोगिताको पुछारमा रहने टोलीले अर्को वर्ष छनोट खेल्नुपर्ने श्रेष्ठले बताए।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।