चैत्र ८, २०८२ आइतबार | १८:२९:०२
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

सिन्धुपाल्चोक जिल्ला छनोटमा ११ टोली

लामोसाँघु। सिन्धुपाल्चोक जिल्ला छनोट फुटबल प्रतियोगितामा ११ वटा क्लबले सहभागिता जनाउने भएका छन्। आयोजक सिन्धुपाल्चोक फुटबल संघले मंगलबार छनोट प्रतियोगितामा सहभागी हुने क्लबहरूको नाम सार्वजनिक गरेको हो।

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार छनोट प्रतियोगिता चैत्र २६ गतेदेखि सुरु हुनेछ। नकआउटका आधारमा हुने प्रतियोगितामा मितेरी युवा क्लब (तातोपानी), सुनखानी युवा क्लब (भोटेकोशी), गाती युवा क्लब (गाती-६ बाह्रबिसे), शिखर युवा क्लब (लिसंखुपाखर, युथ स्पोर्टस क्लब (लामोसाँघु) र सुनकोशी स्पोर्टस क्लब (सुनकोशी-७) सहभागी हुने छन्।

यसैगरी सिन्धुपाल्चोक फुटबल क्लब, अँधेरी युवा क्लब, श्री नवप्रतिभा युवा क्लब (बलेफी-५), खुर्सानीबारी युवा क्लब (बाह्रबिसे-३) र लिसंखुपाखर युथ क्लब (ठुलो पाखर) ले पनि प्रतियोगितामा सहभागिता जनाउने छन् ।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले अर्को वर्ष हुने जिल्ला लिगमा सहभागिता जनाउन पाउनेछन्।  प्रतियोगिताका सबै खेलहरू लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा हुने श्रेष्ठले बताए।

यस्तै, जिल्ला लिग आगामी बैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुने श्रेष्ठले जानकारी गराए। जिल्ला लिगम श्री कालिका, त्रिशक्ति युवा क्लब, श्री राइजिङ युवा क्लब, बाह्रदेवी युवा क्लब, धार्पा युवा क्लब, साँगाचोक युवा क्लब, न्यु सदाबहार युवा क्लब, प्याराडाइज युवा क्लब, न्यु जेनेरेसन युवा क्लब र लामोसाँघु युवा क्लब, रिपोर्टिङ क्लब, सुनौलो बिहानी युवा क्लब, योङ जेनेरेसन युवा क्लबले सहभागिता जनाउने छन्।

यस प्रतियोगिताको पुछारमा रहने टोलीले अर्को वर्ष छनोट खेल्नुपर्ने श्रेष्ठले बताए।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो