एकदिवसीय शृंखला

आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’

काठमाडौं । घरेलु टोली नेपाल ‘ए’ ले एकदिवसीय शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला फिल्डङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए ।  

यसअघि सम्पन्न ट्वान्टी २० शृंखला आयरल्यान्ड ‘ए’ ले २-१ लेआफ्नो पक्षमा पारेको थियो । सुरुआती दुई खेल आयरल्यान्डले जित्दा अन्तिम खेलमा भने नेपाल ‘ए’ विजयी भएको थियो ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्न चाहन्छन् ।

नेपाली टोली
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, भीम सार्की, आरिफ शेख, देव खनाल, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम)