एकदिवसीय शृंखला

आयरल्यान्ड ‘ए’ को सामना गर्दै नेपाल ‘ए’

काठामडौं । नेपाल ‘ए’ र आयरल्याल्यान्ड ‘ए’ बीच एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ।

यसअघि सम्पन्न ट्वान्टी २० शृंखला आयरल्यान्ड ‘ए’ ले  २-१ लेआफ्नो पक्षमा पारेको थियो । सुरुआती दुई खेल आयरल्यान्डले जित्दा अन्तिम खेलमा भने नेपाल ‘ए’ विजयी भएको थियो ।

दुवै टोली जितका साथ शृंखलाको सुरुआत गर्न चाहन्छन् ।  नेपाल विनोद भण्डारी तथा आयरल्यान्ड निल रकको कप्तानीमा मैदान उत्रिनेछन् ।

नेपाल ‘ए’को टोली

विनोद भण्डारी (कप्तान), आरिफ शेख, देव खनाल ,बसिर अहमद, भीम सार्की, साहब आलम, कमलसिंह ऐरी, अर्जुन कुमाल, विकाश आग्री, नरेन भट्ट, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, श्याम ढकाल ९मौसम०