इन्डियन प्रिमियर लिग

लखनउले बेङ्लोरलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) मा मंगलबार लखनउ सुपर जायन्ट्सले घरेलु टोली  रोयल च्यालेन्जर्स बेङ्लोरलाई २८ रनले पराजित गरेको छ ।

दोस्रो जित निकालेको लखनउ तीन खेलमा चार अंकका साथ चौथो स्थानमा उक्लिएको छ । तेस्रो पराजय ब्यहोरेको बेङ्लोर चार खेलमा दुई अंक जोडेर नवौं स्थानमा छ ।

एम चिन्नस्वामी क्रिकेट रंगशालामा लखनउले प्रस्तुत गरेको १८२ रनको लक्ष्य पछ्याएको बेङ्लोर १९.४ ओभरमा १५३ रनमा समेटियो ।

बेङ्लोरका लागि महीपाल लोम्रोरले १३ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ३३ रन बनाए । यसैगरी रजत पतिडरले २९, विराट कोहलीले २२, कप्तान फाफ डु प्लेसिसले १९, मोहम्मद सिराजले १२ र अनुज रावत ११ रन जोडे ।  

पहिलो विकेटका लागि कोहली र डुप्लेसिसले ४० रनको साझेदारी गरे । लखनउका लागि मायंक यादवले तीन, नवीन उल(हकले दुई तथा मनिमरण सिद्धार्थ, यश ठाकुर र मार्कस स्टोइनिसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको योगफ तयार पार्यो । लखनउका लागि ओपनर क्विनटन डीककले ५६ बलमा आठ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ८१ रनको यागदान गरे ।  

यस्तै निकोलास पुरनले अविजित ४०, मार्कस स्टोइनिसले २४ र  कप्तान केएल राहुलले २० रन जोडे ।

डिककले तेस्रो विकेटका लागि स्टोइनिससँग ५६ र पहिलो विकेटका लागि राहुलसँग ५३ रनको साझेदारी गरे । बेङ्लोरका लागि ग्लेन म्याक्सवेलले दुई तथा रिस टोप्ली, यश दयाल र मोहम्मद सिरजले समान एक विकेट लिए ।