कोपा इटालिया

युभेन्ट्सको सहज जित

काठमाडौं । कोपा इटालियाको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा युभेन्टसले लाजियोमाथि २० को सहज जित निकालेको छ ।

घरेलु मैदान एलियन्ज रंगशालामा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको चिएसा र डुसान भाल्होभिचले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५०औं मिनेटमा  चिएसको गोलमार्फत युभेन्ट्सले अग्रता लियो । उनले एन्ड्रिया कामवेसोको पासलाई सदुपयोग गरे ।

 भाल्होभिचले ६४औं मिनेटमा वेस्टन म्याकेनीको पासलाई पोस्टको दिशा दिँदै युभेन्टसलाई २-० को जित दिलाए ।

अब दोस्रो लेग अप्रिल २४ मा लाजियोको घरेलु मैदान ओलसिम्पको रंगशालामा हुनेछ ।