साउदी प्रो लिग

रोनाल्डोको लगातार दोस्रो ह्याट्रिक

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित अल नासरले साउदी प्रो लिगमा मंगलबार अभामाथि ८-० को फराकिलो जित निकालेको छ ।

जितसँगै २६ खेलमा ६२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अभा समान खेलबाट २२ अंकसहित १७औं स्थानमा छ ।

रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । रोनाल्डोले अघिल्लो खेलमा पनि अल टाइविरुद्ध ह्याट्रिक गरेका थिए ।

यसैगरी अल नासरका  लागि अब्दुलाजिज अल अलिवाले दुई तथा साडियो माने, अब्दुल्माजीद अल सुलइहिम र अब्दुल रहमान घारिबले समान एक गोल गरे ।

खेलको ११औं मिनेटमा रोनाल्डोको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । १० मिनेटपछि रोनाल्डोले नै टोलीको अग्रता दोब्बर बनाए ।

३३औं मिनेट मानेले अल नसारका लागि तेस्रो गोल गरे । ४२औं मिनेट रोनाल्डोले ह्याट्रिक पूरा गर्दा अल नासर ४ ० ले आडि बढ्यो ।

दुई मिनेटपछि सुलइहिमले गोल गर्दै पहिलो हाफमै टोलीलाई ५ ० को अग्रता दिलाए ।

घारिबले ५१औं मनिटमा अल नसारका लागि पाँचौं गोल गरे । अलिवाले ६३औं र ८६औं मिनेटमा गोल गर्दैअल नासरलाई ८० को सानदार जित दिलाए ।