इन्डियन प्रिमियर लिग

गुजरातले हैदराबादलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ ।

जितसँगै गुजरातले तीन खेलमा चार अंक जोडेको छ । परुाजित हैदराबादको समान खेलबाट दुई अंक छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदराबादले प्रस्तुत गरेको १६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातका लागि साइ सुदर्शनले ४५, डेविड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले् ३६, ऋदिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाए ।

हैदराबादका लागि शहबाज अहमद, मायन्क मार्कन्डे र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल तयार पार्यो ।

हैदराबादका लागि अब्द्ल समाद र अभिषेक शर्माले समान २९, हेनरिक क्लासनले २४, शहबाज अहमदले २२, ट्राभिस हेडले १९ र मायन्क अग्रवालले १६ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले तीन तथा उमेश यादव, अज्मतुल्लाह ओमजाइ, राशिद खान र नुर अहमदले समान एक विकेट लिए ।