नेपाल लोकतान्त्रिक खेलकुद संघ

लोकतान्त्रिक खेलकुद संघको सदस्यमा तुल्सी

काठमाडौँ । जिपी कोइराला फाउन्डेसन स्पोटर्स विभागकी संयोजक तुल्सी थापा मगर नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन्।

आइतबार काठमाडौंको गल्फुटारमा आयोजित एक कार्यक्रममा आइटिएफ तेक्वान्दोकी खेलाडीसमेत रहेकी तुल्सीलाई केन्द्रीय सदस्यमा मनोनयन भएकी हुन् । उनी नेपाल नेसनल मार्सल आटर्स गेम्स कन्फेरेडसनकी कोषाध्यक्ष, नेपाल आइटिएफ महासंघ र नेपाल राष्ट्रिय मुवाँथाई संघकी केन्द्रीय सदस्य पनि हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको उपस्थितिमा नेपाल कांग्रेसका उपसभापति धनराज गुरुङले तुल्सीलाई मनोनयनपत्र प्रदान गरे ।

उक्त अवसरमा लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको विभिन्न पदमा मनोनीत सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । पूर्वमन्त्रीसमेत रहेका गुरुङले दीपक गुरुङलाई महासचिव, राजुविक्रम थापालाई सचिव, दामोदर अर्याललाई प्रवक्तामा मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।