युवा तथा खेलकुद मन्त्रालय

खेलकुद मन्त्रालयले सार्वजनिक गर्यो कार्य विवरण

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले मिति २०८०/१२/१२ देखि २०८०/१२/१७ सम्म मन्त्रालयबाट सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले पाँच दिनभित्र गरेका महत्वपूर्ण कार्यहरुको विवरण सार्वजनिक गरेको हो ।

विवरणमा फुटबल र क्रिकेट मैदानको स्तरोन्नती, एन्फाविरुद्धको कारवाही, खेल संघसंस्थाहरुको आम्दानी, खर्च, २०२४ आइसिसी टि-२० विश्वकप लक्षित निर्णयहरु जस्ता कुराहरु समावेश छन् ।