एसएमएस फ्रेन्डसिप कप

गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट संघविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।  

वापीमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए । दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन् ।

अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ । नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको तयारी स्वरूप यो प्रतियोगिता खेल्न लागेको हो ।

ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, अनिल साह, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अविनाश बोहरा