ट्वान्टी २० विश्वकप

वार्नर भन्दा बाबर उत्कृष्टः अख्तर

दुबई । पाकिस्तानका पूर्व तीब्र गतिका बलर सोएब अख्तरले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटमा डेविड वार्नरलाई प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड दिने आइसीसीको निर्णयप्रति असन्तुष्टी जनाएका छन् ।

अख्तरले विश्वकपमा वार्नरको भन्दा पाकिस्तानी कप्तान बाबर आजमको प्रदर्शन उत्कृष्ट रहेको बताउँदै आइसिसीको यो निर्णय निकै निराशजनक भएको बताएका हुन् । 

उनले बाबरमाथि आइसीसीले अन्याय गरेको समेत बताए ।

‘मैले बाबर आजम प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुन्छन भन्ने सोचेको थिए । यो बाबरमाथिको अन्याय हो , अख्तरले भने ।’

प्रतियोगितामा ६० को औसतमा तीन सय तीन रन बनाएका पाकिस्तानी कप्तान आजमले उत्कृष्ट खेलाडीको मुख्य दाबेदार थिए । अस्ट्रेलियाका ओपनर ब्याटर वार्नरले ४८ को औसतमा दुई सय ८९ रन बनाएका थिए ।