ट्वान्टी २० विश्वकप

बाबरको कप्तानीमा आइसिसी टिम, भारतीय खेलाडी अटाएनन्

दुबई । आइसिसीले सोमबार ट्वान्टी २० क्रिकेट विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ ।

आइसिसीले सार्वजनिक गरेको टोलीको कप्तानमा पाकिस्तानी ब्याटर बाबर आजम छन् । उनी पाकिस्तानका कप्तान हुन् । टोलीमा अस्ट्रेलिायाबाट तीन, श्रीलंका, इङ्ल्यान्ड तथा दक्षिण अफ्रिकाबाट दुई/दुई र पाकिस्तान र न्युजिल्यान्डबाट समान एक खेलाडी छन् ।

टोलीमा अस्ट्रेलियाका डेभिड वार्नर, जोस हेजलउड, एडम जाम्पा, इङ्ल्यान्डबाट जस बटलर, मोइन अली, दक्षिण अफ्रिकाका आइडेन मार्करम, एनिरक नोर्टजे, श्रीलंकाबाट चरिथ असलंका, वनिन्दु हसरंगा र न्युजिल्यान्डबाट ट्रेन्ट बोल्ट छन् । त्यस्तै आइसिसीले १२औं खेलाडीको रुपमा पाकिस्तानी बलर साहिन शाह अफ्रिदीलाई टोलीमा राखेको छ ।

दाबेदारको हैसियतमा संयु्क्त अरब इमिरेट्स (युएई) पुगे पनि पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि सुपर १२ बाटै बाहिरिएको भारतका कुनै पनि खेलाडी आइसिसीको टोलीमा छैनन् ।

आइतबार राती भएको प्रतियोगिताको फाइनलमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक ट्वान्टी २० विश्वकपको उपाधि उचालेको थियो ।