कोशी प्रदेश ट्रफी

आर्मीलाई कोशी प्रदेश ट्रफीको उपाधि

विराटनगर । कर्णाली प्रदेशमाथि नौ विकेटको सहज जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब कोशी प्रदेश ट्रफी ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार  कर्णालीले प्रसतुत गरेको १११ रनको लक्ष्य आर्मीले आर्मीले १२.२ आभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।  

आर्मीका लागि त्रितराज दासले ३३ बलमा पाँच र्चाका र दुई छक्काको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैथरी इमरान शेखले अविजित ३८ र सन्तोष कार्कीले २१ रन बनाए ।

कर्णालीका लागि एक मात्र विकेट दिनेश अधिकारीले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि  विपिन रावलले २७, कप्तान रविन्द्र शाही र मनिष थापाले समान २१ तथा दिनेश अधिकारीले १२ रन बनाए ।

आर्मीका लागि त्रितराज दास, साहब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान दुई तथा पवन कार्कीले एक विकेट लिए ।

विजेता आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो ।  उपविजेता कर्णालीले ३ लाख रुपैयाँ र ट्रफी प्रायो ।

मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका टिमले सहभागिता जनाएका थिए ।