चैत्र ७, २०८१ बिहीबार | २०:५२:२६
माइ सेकेन्ड टिचर धनगढीको मुख्य प्रायोजक साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी माइ सेकेन्ड टिचर धनगढीको मुख्य प्रायोजक साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी

अर्जुन एनसेल बाह्रखरी गल्फको च्याम्पियन

काठमाडौं । अर्जुनकुमार कार्की शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फको सातौँ संस्करणमा च्याम्पियन बनेका छन् ।

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेसँगै बनेका अर्जुनले सुनको बल पुरस्कार जिते ।

पोखराको हिमालयन गल्फ कोर्समा १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे ।

 चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे ।

नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।

सिनियर (६० वर्षमाथि) तर्फको उपाधि बलराम थापाले जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।

महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् ।

क्लोजेस्ट टु द पिनको उपाधि संगम केसीले जिते । उनी चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बिवाइडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।

यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भए पनि एक होल केही बिग्रिएकाले दुई होल दोहोर्याएर खेलिएको थियो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १०७ पुरुष र १० महिला गरी ११७ खेलाडीको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो दिन चार महिला र ६० पुरुष गरी ६४ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । दोस्रो दिन ६ महिला र ४७ पुरुष गरी कुल ५३ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टि-अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता सम्पन्न भएको पोखरा महानगरपालिका–१४ स्थित हिमालयन गल्फ कोर्सलाई गल्फको प्रतिष्ठित म्यागाजिन ‘गल्फ डाइजेस्ट ले विश्वकै उत्कृष्ट गल्फ कोर्समध्येको एकमा राखेको छ ।

प्रतियोगितालाई विगत चार वर्षदेखि एनसिएलले मुख्य प्रयोजकको रूपमा साथ दिँदै आएको छ । यसैगरी कार्यक्रममा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका सहआयोजकको रुपममा जोडिएका थिए ।

यसैगरी, इन एसोसिएसन विथ (साझेदार)मा विद्युतीय गाडी बिवाइडी थियो । प्रभु बैंक लिमिटेड, सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका थिए ।

 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC