चैत्र ६, २०८२ शुक्रबार | ०२:२७:१६
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

भुवनको टिमलाई सूर्य नेपाल प्रिमियर प्रो-एमको उपाधि

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एमको उपाधि भुवन नगरकोटीको टिमले जितेको छ ।

गोकर्ण गल्फ क्लबमा स्टेबलफोर्ड फुल ह्यान्डीक्याप फर्म्याटमा भएको प्रतिस्पर्धामा प्रो भुवनले ४१, एमेच्योरहरू विनोद श्रेष्ठले र जयवीर आचार्यले ३९ तथा तारा कार्की चित्रकारले ३८ गरी कुल १५७ स्कोर खडा गरे ।

१५१ अंकसहित प्रो जयराम श्रेष्ठको टोली दोस्रो भयो। जयरामले ४०, एमेच्योर इदान्त सिंह साउदले ३८, पवित्र कुमार कार्कीले ३७ र फुर्साङ लामाले ३६ अंक जोडे।

प्रो सञ्जय लामाको टिमले १४२ अंक सहित तेस्रो स्थान प्राप्त गर्यो। सञ्जयले ३९ तथा एमेच्योर गल्फरहरू सद्भाव आचार्य र रविन्द्र तिवारीले ३६ र लिलाजंग कार्कीले ३५ अंक जोडे।

प्रतियोगितामा महिलातर्फ उत्कृष्ट स्कोरको आधारमा तारा कार्की चित्रकारले उपाधि जितिन्। उनले ३८ अंक बनाएकी थिइन। 

प्रतियोगितामा सद्भाव आचार्यले लङगेस्ट ड्राइभ र निशल्यजंग रायमाझीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।

प्रतियोगितामा २५ प्रोसहित १४० खेलाडीको सहभागिता थियो।

शुक्रबार सुवास तामाङले १६ अन्डर २७२ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका थिए।

सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिमप्रतियोगितामा ३७ प्रो तथा ११ एमेच्योर खेलाडीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो