चैत्र ८, २०८२ आइतबार | २२:१६:४०
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

सुवासले गरे उपाधि रक्षा

काठमाडौं । सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि उपाधि रक्षा गरेका छन् ।

सुवासले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकपछि पारे । शुक्रबार ४-अन्डर ६८सहित सुवासले समग्रमा १६-अन्डर २७२ को स्कोर खडा गरे।

प्रो बनेपछि पहिलो उपाधि जितेका सुवासले २ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे। 

समग्रमा १४-अन्डर २७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही १ लाख ४८ हजार ५०० हात पारे ।

दिनेश प्रजापती १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २७६ को स्कोरमा चौथो भए। उनले १ लाख २००० रुपैयाँ पाए ।

समग्रमा ६-अन्डर २८२ को नतिजामा पाँचौं स्थान हासिल गरेका तोरणविक्रम शाही ८८ हजार रुपैयाँ प्राप्त गरे। उनले आज इभन(पार ७२ मा खेल सकाए।

२-अन्डर २८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार रुपैयाँ हात पारे।

समग्रमा इभन-पार २८८ सहित टंकबहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए। टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए। उनीहरूले जनही ७१ हजार ५०० रुपैयाँ जिते ।

समग्रमा १-ओभर २८९ को स्कोरमा रवि खड्का नवौं र ६(ओभर २ सय ९४ सहित रामे मगर दशौं भए। रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए। रविले ६४ हजार र रामेले ५९ हजार रुपैयाँ हात पारे।

एमेच्योरतर्फ ८-अन्डर २८० को स्कोरमा विजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सद्भाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले। आज १-अन्डर ७१ खेल्दै विजय समग्रमा ६-अन्डर २८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए।  उनले‌ आज २-अन्डर ७० खेले।

अन्तिम दिनको सुरुवात गर्दा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो। दोस्रो होलको बोगीविरुद्ध पहिलो र तेस्रो होलको बर्डीले सुवासले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। भुवनले दोस्रो र आठौं होलमा एक(एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा सुवास र भुवन कुल १३-अन्डरको बराबरी स्कोरमा  थिए।

त्यसपछि १०औं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए। ११औं होलमा सुवासको टी सट पानीमा खस्यो। यो होलमा सुवासशले बोगी खेपे। भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए। तर यो अग्रता सुबाशले १२औं होलमा एक स्ट्रोकमा झारे। सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे। भुवनले भने बर्डी प्रहार गरे। यसपछिका चार होलमा दुबैले बराबरी खेले।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औं होल हारको कारण बन्यो। उनको अप्रोच सट रुखमुनि पुग्यो र डबल बोगी खेपे। सुबाशले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए।

अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवाले दुई स्ट्रोकको अग्रता लिँदै उपाधि जिते। उनले ब्याक नाइन ३औअन्डर ३३ मा र भुवनले १औअन्डर ३५ मा पुरा गरे। सुर्य नेपाल गल्फ टुरमा सुवासको यो समग्रमा छैटौं उपाधि हो।

निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए।

प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता  थियो।

यो सिजनको आठ प्रतियोगिता मध्ये एमेच्योर सद्भाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्रबहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुवास तामाङले समान एक उपाधि जिते।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो