आरबिबीएल-इशान कप

आरबिबीएल-इशान कपः पहिलो दिन २९ खेल सम्पन्न

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा शनिबारदेखि सुरु भएको आरबिबीएल-इशान कप फुटसल प्रतियोगिताको  तेस्रो संस्करणको पहिलो दिन २९ खेल सम्पन्न भएका छन् ।

शनिबारको खेलमा नेपाल वायुसेवा निगम ‘ए’ ले नागरिक उड्डयन प्राधिकरणलाई १-०, नेपाल बैंक लिमिटेडले नेपाल विद्युत प्राधिकरण ‘ए’ लाई ५-२, एभरेष्ट बैंक लिमिटेडले नेपाल टेलिभिजन (एनटिभी) लाई ३-०, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले एनएलजी इन्स्योरेन्सलाई ३-०, सिटीइभीटीले राष्ट्रिय वाणिज्य बैंकलाई २-०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनक शिक्षा सामाग्री केन्द्रलाई ३-२, नेपाल आयल निगमले माछापुच्छ्रे बैंकलाई ४-३, कृषि विकास बैंक लिमिटेडले वायुसेवा निगम ‘बी’ लाई ५-०, वायुसेवा निगम ‘ए’ ले नागरिक लगानी कोषलाई १-०, एनएलजीले एनटिभीलाई ७-३ र केयुकेएलले एभरेष्टलाई २-० ले पराजित गरे ।

सोल्टीमोडस्थित चैत्य फुटसलमा भइरहेको प्रतियोगिताको समूह चरणको अन्य खेलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सिटीइभीटीलाई २-०, राष्ट्रिय वाणिज्य बैंकले जनक शिक्षालाई १-०, आयल निगमले कृषि विकास बैंकलाई २-०, विद्युत प्राधिकरण ‘बी’ ले माछापुच्छ्रेलाई २-१, नेपाल बैंकले नागरिक लगानी कोषलाई ३-०, एभरेष्टले एनएलजीलाई २-१, सिटीइभीटीले जनक शिक्षालाई ३-१ र विद्युत प्राधिकरण ‘बी’ ले कृषि विकास बैंकलाई २-१ ले हराए । नागरिक उड्डयनले नेपाल बैंकसँग १-१ तथा विद्युत प्राधिकरण ‘ए’ सँग २-२ को बराबरी खेल्यो ।

प्रतियोगितामा १६ संस्थाका १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा वायुसेवाव निगम र विद्युत प्राधिकरणको समान दुई टिम सहभागी छन् । 

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार  रुपैयाँप्राप्त गर्ने छन् । फाइनल सोमबार हुनेछ ।

प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी प्रमुख देवेन्द्ररमान खनाल र आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले संयुक्त रूपमा  गरे ।