चैत्र १, २०८२ आइतबार | २२:५०:३०
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित

भुवन र दिनेशलाई संयुक्तरुपमा अग्रता

भुवन नगरकोटी

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी र दिनेश प्रजापतीले समग्रमा १०-अन्डर १३४ सहित संयुक्तरुपमा अग्रता लिएका छन् । 

उनीहरूले निरज तामाङ, सुवास तामाङ र एमेच्योर सद्भाव आचार्यलाई तीन स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर दिनेशले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।
 
समग्रमा ७-अन्डर १३७ को स्कोरमा निरज, साविक विजेता सुवास र सद्भाव  संयुक्तरुपमा तेस्रो स्थानमा रहे। निरजले ६-अन्डर ६६ को उत्कृष्ट स्कोर दर्ज गर्दा सुवास र सद्भावले ३-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ५-अन्डर १३९ सहित तोरणविक्रम शाही र एमेच्योर विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा छैटौं स्थानमा छन्। विजयले आज २-अन्डर ७० र तोरणले १-ओभर ७३ मा खेल सकाए। यो स्कोरमा तोरण आज दोस्रो स्थानबाट छैटौं स्थानमा झरे।

समग्रमा ४-अन्डर १४० को स्कोरमा जयराम श्रेष्ठ, सञ्जय लामा र एमेच्योर सुमन परियार संयुक्तरुपमा आठौं स्थानमा छन्। जयरामले ४-अन्डर ६८, सञ्जयले ३-अन्डर ६९ र सुमनले २-ओभर ७४ को स्कोर गरे।

३६ होलको समाप्तीमा २१ प्रोफेसनल र ६ एमेच्योर गरी २७ गल्फरले कट बनाएका छन्। प्रोतर्फ रमेश अधिकारी, धनबहादुर थापा, भुवनकुमार रोक्का, रवि खड्का, रामे मगर, बलभद्र राई, भुबहादुर गुरुङ, दलबहादुर लामा, टंकबहादुर कार्की, किशन कालीराज सुनार, वसन्त राज गुरुङ, शिवराम पौडेल, सूर्यप्रसाद शर्मा र युवराज भुजेलले कट बनाए।

एमेच्योरतर्फ सद्भाव, विजय, सुमनसँगै तेन्जिङ पाल्देन, राहुल विश्वकर्मा र वाङचेन ढोन्डुपले अन्तिम दुई दिनको लागि  स्थान सुरक्षित गरे।

दिनेश प्रजापती

 पहिलो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा सकाए। दोस्रो होलको बोगीबाट सुरुआत गरे पनि तेस्रो, चौथो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा पनि चार वटा होलमा बर्डी प्रहार गरे। १०औं, १२औं, १४औं र १७औं होलमा एक/एक सट बचाए भने १५औं होलमा बोगी खेपे। उनले बुधबार कुल आठ बर्डी प्रहार गरे।

पहिलो दिनको लिडर दिनेशले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे भने दोस्रो र चौथो होलमा एक/एक सट खेर फाले। यसपछि १४औं होलको बोगीविरुद्ध ११औं र १२औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन १-अन्डर ३५ मा सकाए।

निरजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। पहिलो, तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले। ब्याक नाइनमा भने निरजले १०औं देखि १२औं र १८औं होलमा गरी चार बर्डी प्रहार गरे। ब्याक नाइन ४-अन्डर ३२ मा सकाए।

सुवासले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा एक सट खेर फाले। यसपछि ११औं होलको बोगीविरुद्ध १२औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। दोस्रो र आठौं होलको बोगीविरुद्ध तेस्रो, पाँचौं, छैंटौं र सातौं होलमा एक/एक सट बचाए। ब्याक नाइन १-अन्डर ३५ मा पुरा गरे। ११औं होलमा बोगी प्रहार गरे भने १२औं र १३औं होलमा एक/एक सट बचाए।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||