माघ १६, २०८२ शुक्रबार | १०:२९:२४
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

साविक विजेता सुवासलाई एकल अग्रता

काठमाडौं । साविक विजेता सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन एकल अग्रता लिएका छन् । सुवासको समग्रमा १२-अन्डर २०४ को स्कोर छ ।

सुवासले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतीलाई अन्तिम एक स्ट्रोकले पछि पारे । १८ होलको खेल बाँकी रहँदा उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ ।

दिनेश र भुवनले समग्रमा ११-अन्डर २०५ स्कोर गरे । उनीहरू दुवै बिहीबार १–अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे । एमेच्योर सद्भाव आचार्य रप्रो निरज तामाङ समग्रमा ९-अन्डर २०७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे । दुवैले तेस्रो दिनको खेल २-अन्डर ७० मा पुरा गरे ।

 आज  १-अन्डर ७१ सहित समग्रमा ६-अन्डर २१० को स्कोरमा तोरणविक्रम शाही छैटौं स्थानमा छन् ।

एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५-अन्डर २११ को स्कोरमा सातौं, ४-अन्डर २१२ सहित जयराम श्रेष्ठ आठौं र १-अन्डर २१५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे । विजय र जयरामले आज इभन-पार ७२ तथा सुमनले ३-ओभर ७५ को स्कोर कार्ड बनाए ।

समग्रमा इभन-पार २१६ को स्कोरमा एमेच्योर राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा १०औं स्थान बाँडे । राहुलले ३-अन्डर ६९, तेन्जिङले १-अन्डर ७१ र सञ्जयले ४-ओभर ७६ मा दिनको खेल सकाए ।

दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुवासले शीर्ष स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे ।

त्यसयसपछि सुवासले ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औं होलमा एक सट बचाए । ब्याक नाइन ३-अन्डर ३३ मा सकाए । एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुवास प्रो बनेपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छन् ।

दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११औं होलमा पनि एक सट बचाए। तर १२औं होलको डबल बोगी र १५औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए ।

भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन २-ओभर ३८ मा पुरा गरे । सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले ।

त्यसपछि १४औं होलमा भुवनले  दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले । तर १७औं र १८औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो।

एमेच्योर सद्भावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे। निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए ।

त्यसपछि सद्भावले ११औं होलको बोगीविरुद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।