चैत्र ५, २०८२ बिहीबार | १२:४६:४९
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

साविक विजेता सुवासलाई एकल अग्रता

काठमाडौं । साविक विजेता सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन एकल अग्रता लिएका छन् । सुवासको समग्रमा १२-अन्डर २०४ को स्कोर छ ।

सुवासले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतीलाई अन्तिम एक स्ट्रोकले पछि पारे । १८ होलको खेल बाँकी रहँदा उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ ।

दिनेश र भुवनले समग्रमा ११-अन्डर २०५ स्कोर गरे । उनीहरू दुवै बिहीबार १–अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे । एमेच्योर सद्भाव आचार्य रप्रो निरज तामाङ समग्रमा ९-अन्डर २०७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे । दुवैले तेस्रो दिनको खेल २-अन्डर ७० मा पुरा गरे ।

 आज  १-अन्डर ७१ सहित समग्रमा ६-अन्डर २१० को स्कोरमा तोरणविक्रम शाही छैटौं स्थानमा छन् ।

एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५-अन्डर २११ को स्कोरमा सातौं, ४-अन्डर २१२ सहित जयराम श्रेष्ठ आठौं र १-अन्डर २१५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे । विजय र जयरामले आज इभन-पार ७२ तथा सुमनले ३-ओभर ७५ को स्कोर कार्ड बनाए ।

समग्रमा इभन-पार २१६ को स्कोरमा एमेच्योर राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा १०औं स्थान बाँडे । राहुलले ३-अन्डर ६९, तेन्जिङले १-अन्डर ७१ र सञ्जयले ४-ओभर ७६ मा दिनको खेल सकाए ।

दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुवासले शीर्ष स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे ।

त्यसयसपछि सुवासले ५-पारको १२औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३औं होलमा एक सट बचाए । ब्याक नाइन ३-अन्डर ३३ मा सकाए । एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुवास प्रो बनेपछि पहिलो उपाधि जित्ने लक्ष्यमा छन् ।

दिनेशले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि ११औं होलमा पनि एक सट बचाए। तर १२औं होलको डबल बोगी र १५औं होलको बोगीले ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य भए ।

भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३-अन्डर ३३ मा र ब्याक नाइन २-ओभर ३८ मा पुरा गरे । सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले ।

त्यसपछि १४औं होलमा भुवनले  दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले । तर १७औं र १८औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो।

एमेच्योर सद्भावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए। उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे। निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए ।

त्यसपछि सद्भावले ११औं होलको बोगीविरुद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं