त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

नेपालले दियो पिएनजीलाई १९९ रनको लक्ष्य

काठमाडौं ।  नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)सामू १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर  ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै रनको १९८ योगफल तयार पार्यो ।

नेपालका लागि कुशल भुर्तेलले ३९ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सन्दीप जोराले २६ बलमा चार छक्का र तीन छक्काको मद्दतले ५६, विनोद भण्डारीले २७,  विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन बनाए ।

कुशलले पहिलो विकेटका लागि विनोदसँग ६४ र चौथो विकेटका लागि सन्दीपसँग ५० रनको साझेदारी गरे ।

पिएनजीका लागि कप्तान असाद भालाले दुई तथा नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले समान एक विकेट लिए ।

नेपाल शृंखलमा पहिलो जित निकाल्ने लक्ष्यमा छ । वर्षा बाधक बन्दा नेपाल र हङकङबीचको पहिलो खेलविन नतिजा टुङ्गिएको थियो ।  यता पिएनजी जितका साथ शृंखलाको सुरुआत गर्न चाहन्छ ।