इङ्लिस प्रिमियर लिग

चेल्सीको रोमाञ्चक जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सीले सोमबार न्युक्यासल युनाइटेडमाथि ३ २ को रोमाञ्च जित हासिल गरेको छ।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन नोकोलस ज्याक्सन, कोल पाल्मर र मिखाइलो मुड्रिकले गोल गरे। न्युक्यासलका लागि अलेक्जेन्डर इसाक र याकोब मर्फीले गोल गरे ।

जितसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी ११औं स्थानमा छ। पराजित  न्युक्यासल २८ खेलबाट ४० अंकका साथ १०औं स्थानमा छ ।

खेलको छैटौं मिनेटमै ज्याक्सनको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा इसाकले गोल गर्दै न्युक्यासललाई बराबरीमा ल्याए ।

५७औं मिनेटमा पाल्मरले गर्दा चेल्सीले २-१ को अग्रता लियो। ७६औं मिनेटमा मुड्रिकको गोलमार्फत चेल्सी ३-१ ले अगाडि बढ्यो ।

अन्तिम मिनेटमा मर्फीले गोल गर्दै न्युक्यासलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।